मौनाबुधुकको ईतिहास र संक्षिप्त चिनारीः
१. मौनाबुधुक गा.वि.स.को चिनारीः (२०६७ सालको)
मौनाबुधुक गा.वि.स.को नाम हो । यो
धनकुटा जिल्लाको पूर्व दक्षिणमा रहेको १५ गा.वि.स. मध्येको एक गा.वि.स. हो ।
जिल्ला सदरमुकाम धनकुटा बजारबाट लगभग १५ कि.मी. दुरीमा यो गा.वि.स. अवस्थित छ । यो
गा.वि.स. मा वसोवास गर्ने जात जातिहरु बहुसंख्यकबाट क्रमगत लिम्बू, राई,
क्षेत्री,
बाहुन,
विश्वकर्मा,
परीयार,
गिरी,
मगर,
श्रेष्ठ,
भुजेल
र जोगी हुन् । लिम्बू जाति यस गा.वि.स.को आदिवासी जनजाति हो ।
मौनाबुधुक शव्द लिम्बू भाषाबाट लिइएको शब्द हो । ‘मौना’ शव्दको अर्थ पानीको
स्रोत भन्ने बुझाउछ भने ‘बुधुक’ शव्द लिम्बू भाषाको पुधुकबाट अपभ्रंश भई बनेको हो
जसको अर्थ हुन्छ पु+धुक= पु को अर्थ चरा र धुकको अर्थ वासस्थान अर्थात चराको
वासस्थान हो । यस शव्दको लाक्षणिक अर्थ न्यानो ठाउँ पनि हुन्छ ।
पृथ्वीनारायण शाहको एकिकरण अभियान पूर्व यो १० लिम्बूवान क्षेत्र भित्रको
चौविसे थुम हो । लिम्बू जाति यस गा.वि.स.को आदिवासी भएको हुँदा मौनाबुधुकको
भू–भागलाई ढाल फाँड गरी वस्ती योग्य बनाउने काम लिम्बू जातिले गरेको हुनु पर्छ ।
१० लिम्बूवान् प्रान्तिय राजाहरु चौविसे थुमको हांसेमलुङ्ग ( हंसेमोरङ्ग) मा
चुमलुङ्ग ( आमभेला) गरि छुटे । चौविस थुमका प्रान्तिय राजा मावोहां भए । (
हेर्नुहोस थाकथाकु मावोहां चेम्जोङ्ग वंशावली ) मावोहां वंशका प्रान्तिय शासकले
चौविसेमा बोधेयक कुरुलेयक आफ्नो नियन्त्रणमा राखे । कुरुले यकमा भीमसेन थापा आई
मावोहां वंशका प्रान्तिय शासकलाई वार्ताका लागि चिठी लेखे । वार्ताका लागि गएका
मावोहां वंशका सोना सां कुरुलेमा सहिद भए । मौनाबुधुकका सुव्वा डिल्लीश्वर लिम्बू
चेम्जोङ्गको घरमा भएको भीमसेन थापाको चिठी हाल अभिलेख संग्राहलय काठमाण्डौं
(जानकारीका लागि ठाकुर प्र.बराल, धनकुटा क्याम्पस ) मा राखिएको छ ।
मौनाबुधुक २०२१ को भूमिसुधार ऐन लागु हुन पूर्व किपट क्षेत्र हो । भूमि सुधार नापी
लागु भए पछि लिम्वूवान बाट किपट प्रथा समाप्त भए सँगै मौनाबुधुकबाट किपट प्रथा
समाप्त भयो । जिम्मावाल सुव्वाबाट आफ्नो क्षेत्रमा रैती बसाउने वनजंङ्गलको सुरक्षा,
पानीको
हकभोक, शान्ति सुरक्षा गर्ने गराउने गरीन्थ्यो । अहिले दावी गर्ने
गरीएको जंङ्गल, जमीन र जलको
मालिक गाउँका जिम्मावाल सुब्वालाई अधिकार प्रदान गरी संघिय स्वयत्तताको
प्रत्याभूति केहि दिएको अनुभूति हुन्छ । धार्मिक तथा जातीय कारणले यस गाउँबाट कुनै
जातिले विस्थापित हुनु परेको छैन । धार्मिक तथा जातीय साहिष्णुता विद्यमान छ ।
लिम्बूहरुको धर्म किराँत हो । किराँत धर्मको विशिष्टता तिर जाने हो भने युमा धर्म
हो लिम्बूहरुको ।
२. भौगोलिक अवस्था ः–
मौनाबुधुक
गा.वि.स. उत्तरी मोहडा भएको पहाडि प्रदेश हो । रातो माटो, समशितोष्ण
हावापानी दमसैलो भू–बनोट बुधुकको विशेषता हो । धेरै प्रजातिका वनस्पति यहाँका
बनजङ्गलमा पाइन्छन् । मौनाबुधुक गा.वि.स.को सदरमुकाम बुधुक बजार हो । बुधुक बजार
स्थित श्री बुधुक उच्च मा.वि.को मुख्य गेट रहेको ठाउँमो उचाई समुन्द्र सतहदेखि
१४४० मिटर -Coordinate 544098/2976700) हो
।
सिमानाः पूर्वः वसन्तटार
गा.वि.स. र कुरुले तेनुपा गा.वि.स. ।
पश्चिम ः खुवाफोक गा.वि.स. र डाडाँवजार गा.वि.स. ।
उत्तर ः बोधे गा.वि.स. ।
दक्षिण ः राजारानी गा.वि.स. ।
यस गा.वि.स.को
वार्ड नं. ६, ७ को लोक्फादेनमा २०२० देखि भुस्खलन भई ठूलो पहिरो गएको छ । करिव २०
घर परिवार विस्तापित भएका छन् । भूस्खलन
रोकिएको छैन । सरकारको तर्फबाट रोकथामका लागि कुनै कार्यक्रम ल्याइएको छैन ।
समशीतोष्ण
जलवायुको स्थानका कारण यस गा.वि.स.को सबै वडामा सुन्तला जात (Citrus) का
फल, केहि वार्डमा आँप, कटहर र अनार पाईन्छ । यस गा.वि.स. मा ८
वटा सामुदायिक वन उपभोक्ताको रेखदेखमा छन । सवै सामुदायिक वनको गाउँ एकाई महासंघ
सञ्जाल छ ।
चिम्टिहा रातो माटोले बनेको यस गा.वि.स. मा ४० को दशकमा एक ईन्जिनियरको
सर्वे तथा उत्खनन् अनुसन्धान अनुसार ठूलो परिमाणको सिमेण्ट उद्योगका लागि ७० वर्ष
रातो माटो आपूर्ति गर्न सक्ने क्षमता यहाँ रहेको पाइन्छ । तत्कालिन श्री ५ को सरकार खानी
विभागले १ खानी ईन्जिनियरको नेतृत्वमा ६ महिना लगाएर गरेको अनुसन्धानात्मक कार्य प्रतिवेदनमा
सीमित रहेको छ ।
दमसैलो भू–बनोट भएको कारण ९ वटै वार्डलाई कच्चि मोटरबाटो ले यातायात सेवा
पु¥याएको छ ।
३. शैक्षिक अवस्थाः–
घर घरमा गुरुकुल शिक्षा लिने दिने प्रचलन २००७ सालको राजनैतिक परिवर्तन
पूर्व चलेको चलन यथार्थ हो । २००७ सालको राजनैतिक परिवर्तनसँगै भएको शैक्षिक
चेतनाले गर्दा यस गा.वि.स.का जिम्मावाल सुव्वाहरु र व्रिटिस ईण्डिया भू.पू.
सैनिकहरुको सक्रियतामा २०१२/११/१२ मा Center
Coordination Board India (CCB) बाट स्वीकृत प्राप्त District
Soldier Board Primary School ( DSB
Primary School) मौनाबुधुक २ मा स्थापना भई औपचारिक शिक्षाको शूरुवात यस गा.वि.स.मा
भएको नै यहाँको शैक्षिक इतिहास हो ।
यसै विद्यालयले हाल बुधुक उ.मा.वि.को नामबाट कक्षा १–१२ विद्यालय तहको
शैक्षिक सेवा आफ्नै सेवा क्षेत्रमा प्रदान गरिरहेको छ भने अव चाडै नै डिप्लोमा
कक्षा सञ्चालको लागि पहल भई रहेको छ ।
यस विद्यालयबाट विद्यालय तहको शिक्षा प्राप्त गर्ने विद्यार्थीहरु मध्ये
केहि विद्यार्थीहरुले विभिन्न अध्ययन संस्थानबाट उच्च शिक्षा प्राप्त गरी उच्च
स्तरको देश, काल, परिस्थिति सुहाउँदो जनशक्ति उत्पादन भएका छन् । ने.रा.शि.यो.आ. २०११
पछि यो विद्यालय स्थापना भयो । सर्वाङ्गिण राष्ट्रिय शिक्षा समिति २०१८ पछि २०२०
मा वडा नं. ६ मा १ प्राथमिक विद्यालय स्थापना भयो । २०२८ रा.शि.प.यो. लागु भए
पश्चात साथै २०४६ को राजनैतिक परिवर्तन गरी खुलेको प्रा.वि. गरी अहिले वार्ड नं. १,
५,
६,
७,
८
गरि यस गा.वि.स.मा ६ वटा प्रा.वि. र १ उच्च मा.वि. बाट सामुदायिक विद्यालयको
हैसियतमा शैक्षिक सेवा उपलब्ध छ । समयको मागलाई पूरा गर्नं १ संस्थागत प्रा.वि.
बाट पनि सेवा प्रदान गरिएको छ ।
साक्षरतालाई १००% र महिला सशक्तिकरणका लागि औपचारिक शिक्षासँग सँगै केहि
वार्डका टोलमा अनौपचारिक शिक्षा कक्षा सञ्चालित छन् । विभिन्न NGO, INGO हरुबाट
महिला सशक्तिकरण र वंचित वर्गका शिक्षामा विभिन्न कार्यक्रम संचालित छन् ।
पछिल्ला पिढीका किशोर, किशोरी ५०% एस.एल.सी. छन् भने शिक्षा,
मानविकी,
व्यावस्थापन्
, विज्ञान, इन्जिनियरीङ्ग अध्ययन संस्थानबाट स्नातक तथा स्नातकोत्तर उतीर्ण
गर्ने ९ वटै वार्डमा छन् भने वार्डनं. ३ का डम्बरध्वज चेम्जोङ्ग USA को कर्नेल विश्वविद्यालयबाट विद्यावारिधी गर्दै
हुनुहुन्छ । २०६४ को निर्वाचन क्षेत्र सुधार आयोगको सदस्य उहाँको बौद्धिक पहिचान
हो ।
जातिगत रुपबाट विश्लेषण गर्दा क्रमशः दलित र अल्पसंख्यक जनजाति शिक्षा
प्राप्त गर्नबाट पछि पारीएका छन् । सवैका लागि शिक्षा, सर्वशुलभ शिक्षा,
पूरा
गर्न यस गा.वि.स.मा अझ धेरै काम गर्न बाँकी छ । लोकतान्त्रिक नेपालको आवश्यकता
समावेशी र गुणात्मक शिक्षा २०६५ को शिक्षाको नारा पूरा गर्न सम्पूण समुदाय र
गा.वि.स.को महत्वपूर्ण योगदान हुने कुरामा दुईमत छैन ।
श्री बुधुक उच्च मा.वि. बाट कम्प्युटर शिक्षा कक्षा ९ र १० लाई ऐच्छिक विषय
र समुदायका ईच्छुक सिकारुलाई BASIC
COMPUTER शिक्षा दिने व्यवस्था छ ।
४. सामाजिक अवस्था ः–
मौनाबुधुकको समाज फरक जातजाति, धर्म, वर्गको समिश्रण
हो । फरक जातजातिका फरक धर्म सँस्कृति हुँदा हुँदै धार्मिक साहिष्णुता छ ।
ब्राम्हण, क्षेत्री, गिरी, विश्वकर्मा, सार्की र परीयारका जीवनशैली हिन्दु
धर्म सँस्कारका आधारमा चलेको छ । हिन्दुहरुले मान्ने चाडपर्व यी जातका घर परीवारमा
मनाईन्छ । चाडपर्वमा दशै, तिहार, चैतेदशैं,
मकरशक्रान्ति,
श्रीकृष्ण
जन्माष्टमी, नागपञ्चमी, तीज, ऋषि तर्पणी
पूर्णिमा, मातातिर्थ औशी ईत्यादि हिन्दुहरुको चाड हो । धर्मले निःशेध गरेका खान
पिन ब्राम्हण, क्षेत्री, गिरीले सेवन नगर्ने पूरानो मान्यता
क्रमिक रुपमा स्खलन हुँदै छ ।
अर्को जाति आदिवासी जनजाति हुन् । लिम्बूको धर्म किराँत धर्म (युमा) हो ।
प्रकृति पूजक लिम्बू सूर्य, वाँदर, विरालो, सर्प,
वनजङ्गल,
तक्संवा
(हिममानव) को पूजा गर्ने गर्ने गर्दछन् । विवाह सँस्कार, मृत्यु सँस्कार
मौलिक भएको लिम्बू जातिको आफ्नो मातृभाषा र लिपी छ । लिम्बू भाषाको लिपीलाई
शिरीजंङ्गा लिपी भनिन्छ । Collectivism ( सामुहिकवाद) लिम्बूको जीवन शैली हो ।
धार्मिक साँस्कृतिक रुपले हिन्दू आर्य भन्दा भिन्न लिम्बूहरु कृषि, पशुपालन
र लडाकु भएकाले सेना ( व्रिटिस, भारत, नेपाल) मा
पेशाका रुपमा काम गर्छन । व्यापार र उद्योगमा
यो जातको लगाव पाईदैन ।
यस्ता भिन्न र जातिका मानिसहरुमा धार्मिक साहिष्णुता, साँस्कृतिक
सम्मान, सामाजिक सम्बन्ध सुमधुर रहेता पनि अन्तर्जातिय विवाह प्रचलनमा छैन ।
सामाजिक मेलमिलाप राम्रो भएको हुँदा भौतिक विकास, शैक्षिक विकासमा
एकतावद्ध हुने यहाँको वासीन्दाको गुण हो । सामाजिक एकताको भावना दह्रो भएको हुँदा
भौतिक सुविधाको रुपमा सडक यातायातको सुविधा छ । दैनिक २ वस सेवा छ । सवै वार्डमा
मोटर बाटोको सञ्जाल रहेको छ । वस्तु आयात निर्यातमा सुविधा छ । विद्युत सुविधा ९
वटै वडामा प्राप्त छ । विद्युतिय सुविधा प्राप्त भएको हुँदा सञ्चार जगतमा विश्वसँग
जोड्ने काम E-mail, Internet, Telephone, Fax को व्यवस्था छ । सूचना प्रभाहले
मानिसको चेतना विकास गर्ने भएको हुँदा बुधुक वासीको शैक्षिक, आर्थिक,
प्राविधिक,
कृषि,
व्यापार
लगायत हर क्षेत्रको चेतना विकास भई यस समाजको चाडै रुपान्तरण हुने कुरामा दुई मत
छैन । अवको समाज शिक्षित, स्वास्थ्य, सु–सभ्य,
समृद्ध
हुनेछ भनि विश्वस्त हुने यी आधारहरु छन् । समाजलाई एकतावद्ध हुने चेतना गाउँ विकास
कार्यक्रमले दिएको छ । द्वन्दको समयमा स्थानिय सरकारको अनुपस्थितिमा यहाँको समस्या
विकास निर्माणको पहल कदमी सामुदायिक संस्थाले ग¥यो अहिले सम्म
गरिरहेको छ ।
५. आर्थिक अवस्थाः–
२०४० को दशकसम्म आर्थिक रुपमा पछि परेको गाउँ हो मौनाबुधुक । परम्परागत
कृषि (फलफुल खेती, अन्न खेती, पशुपालन) यस गा.वि.स.को आर्थिक स्रोत
हो । सडक यातायात नुहँदा सम्म वस्तु निकासी पैठारी पिठियुको भरमा भर पर्नु पर्ने
भएको हुँदा हरेक वर्ष अनिकालको सामना गर्नु यस गाउँको वाध्यता थियो । गाउको
उत्पादनले ५ महिना आपुर्ति हुने हुँदा ७ महिना अरुको भर पर्नु पथ्र्यो ।
मौनाबुधुकमा गाउँ विकास कार्यक्रम २०५३ देखि लागु भई समुह कार्य, वचत
गर्ने बानीको विकासले जीवनस्तर सुधार, आर्थिक विपन्नहरुको आर्थिक अवस्थामा
सुधार हुन थाल्यो । मौनाबुधुक सम्म सडक
यातायात निर्माण भए पश्चात गाउँ विकासकार्यक्रमको अगुवाईमा कृषिमा आधुनिकरण
वैज्ञानिक ढङ्गले सुन्तला खेती सिचाँइका सुविधा भएका वार्डहरुमा व्यावसायिक तरकारी
खेती, पशुपालन दुग्ध व्यावसाय आदीमा चेतना, प्रविधि प्राप्त
हुँदै यस गा.वि.स.का वासीन्दाको जीवनस्तर राम्रो हुँदै आर्थिक अवस्था उज्यालो तर्फ
उन्मुख हुँदै गएको पाईन्छ । हालको ९ वार्डको आर्थिक अवस्था निम्नानुसार रहेको
तथ्यांङ्क छ ।
( गरिवी नक्साङ्कन प्रतिवेदन मौनाबुधुक
२०६५)
आर्थिक अवस्था
निम्नानुसार रहेको तथ्यांङ्क

मौनाबुधुक गाउँ विकास समितिमा रहेका
जातिहरुको
जातिगत घरसंख्या विवरण

मौनाबुधुक गाउँ विकास समितिमा रहेका जातिहरुको
जातिगत जनसंख्या विवरण

मौनाबुधुक गाउँ विकास समितिमा रहेका
धर्महरुको

मौनाबुधुक गाउँ विकास समितिमा रहेका
धर्महरुको

मौनाबुधुक गा.वि.स.मा आर्थिक सुधारका
लागि विभिन्न व्यक्तिहरु जातिगत पेशाका साथै कृषि व्यवसाय ९०% भन्दा वढिले
अंगालेका छन् । कृषिको अलावा घरेलु उद्योग, ढाका कपडा,
सावुन,
काठ
आदी घरेलु उद्योग स्थापना भई स्वरोजगार र स्थानिय वस्तु आवश्यता परिपूर्ति गरेको
पाईन्छ । सबै व्यावसाय मध्ये मौनाबुधुकको पहिलो आयश्रोत सुन्तला खेतीबाट हुने
गरेको छ । ९ नं. वडाबाटमात्र रु. ७,००,०००.००
को सुन्तला प्रतिवर्ष निर्यात हुने गरेको छ । सबै वडाहरुबाट वर्सेनी ३० लाखको
सुन्तला निर्यात हुने गरेको छ सुन्तला खेतीका लागि प्रत्येक बुधुक वासीको परिवारले
कम्तिमा ५० वोट विरुवा लगाई १० वर्ष देखि सामान्य आम्दानी लिन सुरु हुने योजनाका
साथ कृषकहरु लागि परेका छन् । यो कृषकको चाहना कार्यन्वयन हुने हो भने
मौनाबुधुकबाट अहिलेको ५०१ परिवारले २५०५० बोट नयाँ सुन्तलाको बोट हुर्काउने छन् ।
एक बोटबाट रु ५०० आम्दानी भए रु. ५०,१०,०००.०० बुधुक
भित्रिने छ । यसका लागि बुधुकले आफ्नै
सुन्तला प्राविधिक उत्पादन गरि सेवा हासिल गर्ने छ ।
६. राजनैतिक अवस्था ः–
शाह र राणा कालमा राजनैतिक चेतनाबाट अलग्गै राख्ने विविध दवाव हुँदाहुँदै
पनि २००७ साल पूर्व राजनैतिक चेतना शुक्ष्म रुपले विकसित भएको थियो । प्रेम बहादुर
लिम्बू। नारायण प्रसाद लिम्बू। बम बहादुर लिम्बू, आसिकराम लिम्बू,
संख
बहादुर लिम्बू, सर्वजित लिम्बू, आदि बुधुके युवाहरुले २००७ को राणा
विरोधी क्रान्तिमा भाग लिएका थिए । यही राजैनिक चेतनाको आधारमा २०१५ साल संसदीय आम
निर्वाचनमा यस क्षेत्रबाट नेपाली काँग्रसले विजय प्राप्त गरेको थियो ।
पञ्चायतको सुरु सुरुका अवधिमा २०२४ सम्म धनकुटा जिल्ला पञ्चायतको सभापति
पदमा बुधुक २ निवासी प्रेम बहादुर लिम्बू रहेको तथ्यले यहाँ राजनैतिक चेतनाको
विजारोपण भएको पुष्ठी हुन्छ ।
संसदीय प्रजातन्त्रवादी राजनीति एक दलिय पांचायती व्यवस्थाको राजनीतिका
साथै कम्युनिष्ट राजनीति को विजारोपण २०२६/२७
तिर भएको पाइन्छ । २०२६ को जनमत संग्रहमा बहुदलको पक्षमा राम्रै मत खसेको थियो ।
२०४६ को आन्दोलनमा प्रजातन्त्र पुनर्वहालीका लागि शिक्षक, विद्यार्थी
राजनैतिक कार्यकर्ता, कृषक, सबै पञ्चायत विपक्षी पक्षधरले आफ्नो ठाउँबाट योगदान दिए । २०४६ को
सफल जन आन्दोलन प्रथम पश्चात मौनाबुधुकमा राजनैतिक चेतना तीव्र गतिमा विकास भयो ।
बहुदलको समय अवधि भरी गा.वि.स. को नेतृत्व ने.क.पा. एमाले बाट भयो । स्थानीय निकाय
गा.वि.स.को पदावधी समाप्ति द्वन्दको कारण निर्वाचन हुन नसक्दा सर्व दलिय निर्यणबाट
विकास निर्माण कार्य भईरहेको छ ।
२०६२/६३ को दोस्रो
जनआन्दोलन सम्म आई पुग्दा यस गा.वि.स. मा माओवादी राजनैतिक विचारबाट प्रेरित
कार्यकर्ताको उदय भएको छ । यस गा.वि.स. मा अस्तित्वमा रहेका राजनैतिक दलहरु नेकपा
एमाले, नेपाली काँग्रस नेकपा माओवादी
राप्रपा र जनशँिक्त पार्टी हुन् ।
समाप्त
Comments
Post a Comment